Saturday, September 23, 2017

अभियानले आर्थिक गतिविधि बढाउने विश्वास

काठमाडौँ, ७ असोज (रासस)।  ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को अभियानले अन्तर्राष्ट्रिय तहमा सम्पर्क सञ्जाल विस्तार गरी आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरिएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान र तुलसीलाल स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजित कार्यक्रममा विभिन्न मुलुकका विज्ञले सो अभियानले दक्षिण एसियाको समुन्नतिमा सकारात्मक प्रभाव पार्ने हुँदा त्यसलाई चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक डा वंशीधर मिश्रले चीनका राष्ट्रपति सि जिङ पिङले प्रस्ताव गर्नुभएको सो अभियानअन्तर्गत करिब ८० देशले सहभागिताका लागि सकारात्मक प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो ।

भारतका डिपी सिंह, चीनका प्रा वाङ झोउ, बंगलादेशका मिजानुर रहमान, पाकिस्तानका अमिर रानालगायतले दक्षिण एसियाको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणका क्षेत्रमा सो अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

शुक्रबारदेखि शुरु भई आज सकिएको उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, इन्जिनियर सुमित्रा अमात्यलगायतले अभियानले बहुपक्षीय आयोजना विस्तार गरी यस क्षेत्रका जनताको सामाजिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

युवा संघकी उपाध्यक्ष दीलुकुमारी पन्तले उक्त अभियानअन्तर्गत सडक, रेल मार्ग तथा जल मार्ग विस्तार भई देशमा पर्यटक बढ्ने, कृषिउपज निर्यात हुने, आर्थिक गतिविधि वृद्धि भई समुन्नतिको मार्ग खुल्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts