Sunday, September 17, 2017

भक्तपुर नपामा सीपयुक्त बनाउने अभियान सुरु

भक्तपुर, १ असोज (रासस)ः भक्तपुर नगरपालिकाले नगरबासीलाई सीपमूलक तालिम दिएर सीपयुक्त बनाउने अभियान सुरु गरेको छ ।

अभियानको आज यहाँ उद्घाटन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले रोजगारीका लागि विदेश जाने युवालाई ती देशको भाषा र संस्कृतिको ज्ञान दिनसके विदेशको संस्कृति र प्रविधिबाट नेपालले समेत लाभ लिनसक्ने बताउनुभयो ।

शैक्षिक योग्यताका साथै कोही पनि व्यक्तिसँग हातमा सीप भए आत्मनिर्भर हुनसक्ने चर्चा गर्दै उहाँले कुनै पनि काममा सीप भएका व्यक्तिको सीपलाई शैक्षिक योग्यतासँग जोड्नुपर्ने बताउनुभयो ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिक नेतृत्व सही नभएसम्म समाज अघि बढ्न नसक्ने उल्लेख गर्दै नगरका कोही पनि युवा सीपबिना बस्नु नपरोस् भनेर नगरपालिकाले सीपमुलक तालिमको अभियान शुरु गरेको बताउनुभयो ।

नगरपालिकाले चिनियाँ भाषा, आधारभूत सिलाई, उन्नत सिलाई, बुटिक आदिको तालिम शुरु गरेको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts