Monday, September 11, 2017

धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग

काठमाडौँ, २६ भदौ । अमेरिकामा बस्ने प्रवासी नेपालीको संस्था फोरम अफ नेप्लिज इन अमेरिका (फोना)ले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु तीन लाख ६८ हजार १०६ प्रदान गरेको छ ।

तराईका बाढी र डुबानबाट पीडितको सहयोगार्थ सोमबार फोनाका सचिव प्रकाश पाण्डेय र सदस्य शशी राईले फाउण्डेसनको केन्द्रीय कार्यालय पुगेर रकम हस्तान्तरण गरेका हुन् । संस्थाले यसअघि भूकम्पको बेला पनि रकम संकलन गरी गोरखा र काभ्रेमा घर निर्माणका लागि सहयोग गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts