काठमाडौँ, २९ भदौ । बौद्धिक अपांगता भएका अधिकांश मानिसको सामाजिक जीवन गरिबीको दुष्चक्रमा परेको पाइएको छ ।
राष्ट्रिय अपांग महासंघले आज आयोजना गरेको छलफल कार्यक्रममा सहभागी वक्ताले उनीहरुले शिक्षा प्राप्त गर्न नसक्ने हुँदा रोजगारी पाउन नसक्ने समस्याका कारण गरिबी बढ्ने गरेकामा चिन्ता गर्नुभएको छ । अटिज्म(सुस्त मनस्थिति), डाउन सिन्ड्रम(बौद्धिक अपांगता) र मनोसामाजिक अपांगतालाई लिइएको छ ।
महासंघका महासचिव राजु बस्नेतले उनीहरुलाई सामाजिक रुपान्तरणका लागि सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक सशक्तीकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । महासंघका पूर्वसचिव महेश्वर घिमिरेले उनीहरु शारीरिक र मानसिक समस्याले ग्रसित हुने हँुदा समाजमा स्थापित गर्न कठिन रहेको बताउँदै बौद्धिक अपांगताका समस्याबारे सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।
पत्रकार रवीन थपालियाले बौद्धिक अपांगता भएका मानिस आफ्नो अधिकारका लागि संघर्ष गर्न नसक्ने हुँदा उनीहरुलाई सरकारले उपलब्ध गराउने आरक्षणको सुविधाबारे सरोकार पक्ष अनभिज्ञ रहेको जानकारी गराउनुभयो । रासस
Thursday, September 14, 2017
‘बौद्धिक अपांगता भएका मानिस गरिबीको दुष्चक्रमा’
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment