Tuesday, September 19, 2017

करेन्ट लागेर मृत्यु

वालिङ, (स्याङ्जा), ३ असोज (रासस) ः वालिङ–४ एलादीमा करेन्ट लागेर एलादीका ५० वर्षीय सोमबहादुर गुरुङको मृत्यु भएको छ ।
गए राति स्थानीयवासी रामबहादुर गुरुङको बंगुर फार्म सफा गर्नका लागि खोलाबाट मोटरमार्फत पानी तान्नेक्रममा करेन्ट लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । शव परीक्षणपछि परिवारलाई बुझाइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts