Tuesday, September 19, 2017

उम्मेदवार छनोट गर्न जिल्लालाई निर्देशन

काठमाडौँ, ३ असोज (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आगामी मंसिरमा हुने प्रादेशिक र केन्द्रीय चुनावका लागि उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।

सम्बन्धित क्षेत्र तथा भूगोलमा पार्टीका लागि निष्ठावान् भई गरेको योगदान, स्थानीय क्षेत्रमा लोकप्रियता कायम गरेका व्यक्तिलाई उम्मेदवारका रुपमा छनोट गरी यही असोज १९ गतेभित्र केन्द्रमा नाम पठाउन सबै जिल्ला समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

केन्द्रले सबै जिल्लालाई उम्मेदवार छनोटमा हस्तक्षेप नगरी सम्बन्धित प्रदेश तथा केन्द्रबाट उम्मेदवारका लागि आएको सिफारिसका आधारमा निर्वाचनमा उम्मेदवार खडा गर्ने छ । वैचारिक रुपमा नजिक रहेका पार्टीसँग तालमेल पनि गरिने जनाइएको छ ।

राप्रपा र राप्रपा नेपाल एकीकरण भएलगत्तै वैचारिक दृष्टकोणमा भिन्नता राख्दै नेता डा प्रकाशचन्द्र लोहनीले सो पार्टी परित्याग गरी स्थापना गरेको उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन सकेको थिएन ।

पार्टीले यही असोज २९ गतेभित्र समानुपातिक उम्मेदवारको नामावली निर्वाचन आयोगमा पठाउने जनाएको छ । प्रादेशिक निर्वाचनमा २२० तथा केन्द्रीय चुनावमा ११० उम्मेदवार समानुपातिक निर्वाचनका लागि सूची तयार गरिनेछ ।
–––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts