Friday, September 22, 2017

एनआरएनए युरोप उपसंयोजकमा गोविन्दप्रसाद गौतमको उम्मेदवारी घोषणा

मस्को । गैरआवासीय नेपाली संघको आसन्न आठौ अन्तर्राष्ट्रिय तथा अधिवेशनका लागि वर्तमान आइसीसी सदस्य गोविन्द्रप्रसाद गौतमले युरोप उपसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघ स्थापनाकालबाटै रुसमा रहेर सक्रिय रहनु भएका गौतम यसअघि लगातार दुईपटक अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य रहिसक्नु भएको छ ।
नेपालको पर्वतत जिल्ला फलेवास नगरपालिका जन्मेर करिव ३१ बर्ष पहिले सन् १९८७ मा हाइड्रो पावर इन्जिनियरिंगमा अध्ययन गर्न छात्रवृत्तिमा तत्कालिन शोभियत संघमा पुग्नु भएका गौतम विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएको छ ।
उम्मेदवारी घोषणा गर्दै गौतमले भन्नु भएको छ–विभिन्न परिस्थितिले बाध्य भएर लामो समय सम्म मातृभूमि बाहिर रुसको राजधानीमा बसोबास गर्ने क्रममा यहाँ स्थित अग्रजहरुको सोचमा कसरी गैरआवासीय नेपाली संघको भ्रुण बिकास हुँदै गएको थियो भन्ने कुरा प्रत्यक्ष देखेकाले र यस संस्थाको प्रमुख लक्ष एवं उद्देश्यले मलाई प्रभावित गरि त्यस प्रति मेरो आकर्षण बढेकाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाको स्थापनाकाल देखिने पंजीकृत सदस्यता लिएर यसै सस्थाको मध्यम बाट आफ्नो जन्म ठाउँ र देश प्रतिको कर्तब्य र उत्तरदायित्व केहि हद सम्म भए पनि पुरा गर्ने उद्देयले म यस संस्थामा सक्रिय भएको बास्तबिक यथार्तता यहाँहरु सबै माझ स्पस्ट पार्न चाहन्छु
उम्मेदवारी घोषणा गदै गौतमले –रुस राष्ट्रिय समन्वय परिषदमा कार्यकारी सदस्य ,उपाध्यक्ष , र त्यस पछि सन् २०१३–२०१५ र हालको २०१५–२०१७ को लागातार २ कार्यकाल अन्तर्रास्ट्रिय समन्वय परिषद सदस्य भै काम गरिसकेको छु । अन्तर्रास्ट्रिय समन्वय परिषदमा ४ बर्ष काम गर्दा आफ्नो क्षमताको आधारमा उल्लेखनीय रुपमा परोपकारी योजनामा सहयोग गर्दै यसका नियमित बैठकहरु कुनै नछुटाई रुसको प्रतिनिधिको हिसाबले आफ्ना बिचारहरु स्वतन्त्र किसिमले राख्दै क्षेत्रीय र अन्तर्रास्ट्रिय सम्मेलनहरुमा सधै प्रत्यक्ष सहभागी भै बिधान संसोधन जस्ता महत्वपुर्ण बिषयहरुको छलफलमा समेत गहन जिम्मेवारी पुरा गरेको कुरा सम्पूर्ण एनआरएनएका अग्रजहरु र समकक्षी साथीहरुलाई अवगतै हुनु पर्दछ भन्नु भएको छ।
उहाँले–गैर आवासीय नेपाली संघका निकायहरुमा मेरो लामो संलग्नता र यथेस्ट अनुभवका आधारमा आफुलाई एक निष्ठावान एनआरएन ठानेर इमान्दारीका साथ युरोप क्षेत्रबाट यस संस्थाको उद्देश्य र लक्ष्य प्राप्तिका लागि थप योगदान गर्ने प्रतिवद्धता जाहेर गर्दै आइसीसी सदस्य भन्दा अझै केहि बढी जिम्मेवारी लिन इच्छुक भएकाले यस अन्त्यन्त बौद्धिक जमात यूरोपियन एनआरएनहरु माझ सहयोग र समर्थनको अपेक्षा राख्दै आगामी आठौ अन्तर्रास्ट्रिय महाधिबेसनमा युरोप क्षेत्रको उप–संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गर्दछु भन्नु भएको छ ।
रुसमा अध्ययनकै क्रममा व्यवसाय सुरु गर्नुभएका गौतम विश्व नेपाली साहित्य महासंघ रुसको अध्यक्षसमेत हुनुहुनछ । उहाँ गैरआवासीय नेपाली अभियानमार्फत मात्र नभई विभिन्न संघसंस्थामार्फत समेत सामाजिक कार्यमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts