भक्तपुर, ६ असोज। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छले ठूला दलको स्वार्थका कारण देश समस्यामा परेको बताउनुभएको छ ।
नेमकिपाको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघको स्थापना दिवसको अवसरमा आज उहाँ आयोजित विचारगोष्ठीमा उहाँले नेपाली काँग्रेस, एमाले र (माओवादी केन्द्र)को स्वार्थका कारण देशले निकास पाउन नसकेको बताउनुभएको हो ।
अध्यक्ष विजुक्छेले युवाहरूमा दुविधा भएका कारण नेपालमा क्रान्ति हुन नसकेको जिकिर गर्दै युवामा राजनीतिप्रति प्रतिबद्धता नहुँदा दोधारको अवस्था सिर्जना भएको विचार व्यक्त गर्नुभयो ।
No comments:
Post a Comment