Monday, September 18, 2017

स्कूल बसले किचेर विद्यार्थीको मृत्यु

सुरुङ्गा, झापा, २ असोज (रासस) ः स्कूल बसले किच्दा झापाको कमल गाउँपालिका–२ भालुगाउँका एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्किन लागेकी बालिकालाई ओराल्ने क्रममा दिउँसो २ बजे पाथीभरा बोर्डिङ स्कूलको ना३ख ४१७२ नम्बरको बसले किचेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक बालिका सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts