त्रिशूली(नुवाकोट), २२ भदौ । युवा कवि आरएएम डंगोलको एकल कविता वाचन कार्यक्रम शनिबार सदरमुकाममा हुने भएको छ ।
त्रिशूली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । विदुर नगरपालिका–२ शेरामा जन्मी दुई दशकभन्दा लामो समयदेखि कविता साधना गर्दै आउनु भएका डंगोलका ‘राशिफल हेरिरहेको मान्छे’ र ‘दश गजावारि’ कविता संग्रह प्रकाशित छन् । प्रलेसका केन्द्रीय महासचिवसमेत रहनुभएका डंगोल त्रिविमा प्राध्यापन गर्नाका साथै साहित्य समालोचना पनि गर्नुुहुन्छ । रासस
Thursday, September 7, 2017
डङ्गोलको एकल कविता वाचन शनिबार
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment