काठमाडौँ, २२ भदौ । आज देशभरि १४ आँै निजामती सेवा दिवस सामान्य कार्यक्रम गरी मनाइएको छ ।
‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूल नाराका साथ देशभरी मनाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो । बाढीपहिराले यस वर्ष ठूलो धनजनको क्षति पु¥याएकाले यस वर्ष हर्षाेल्लासका साथ दिवस नमनाइएको जानकारी उहाँले दिनुभयो । दिवसका अवसरमा आज स्वास्थ्य मन्त्रालय र निजामती अस्पतालमा रक्तदान कार्यक्रम गरिएकामा करिब सय जनाले रक्तदान गरेका थिए ।
नेपालमा २०६० सालदेखि निजामती दिवस मनाइँदै आएको छ । नेपालमा करिब ८३ हजार निजामती कर्मचारी छन् । दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको थियो । दिवसकै अवसरमा घोषणा गरिएको १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार अनुकूल समय मिलाएर मन्त्रालयले दिनेछ । रासस
Thursday, September 7, 2017
निजामती दिवसः रक्तदान मात्र
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment