Thursday, September 21, 2017

विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

राजविराज, ५ असोज (रासस) । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी हुनुभएको हो । उहाँका निकट प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका मुनिलाल खंगले १६५९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा काँग्रेसकै जनजिरा यादवले दुईहजार ६७ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकट प्रतिद्वन्द्वी फोरम नेपालका उषादेवी साह एक हजार ४८० मत ल्याउनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts