Thursday, September 21, 2017

अतिक्रमण जग्गा खाली गर्न नगरपालिकाको आग्रह

बाजुरा, ५ असोज (रासस) ।  विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ ।

सडक विस्तार गर्नका लागि सार्वजनिक सडक र ऐलानी जग्गा अतिक्रमण गरी घर तथा टहरा निर्माण भएकाले त्यसलाई हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर सो आग्रह गरिएको हो ।

नगरपालिकाले मार्तडीको गौडा डिलदेखि जिल्ला प्रशासन कार्यालय अगाडिको खुलामञ्च, जिल्ला वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालय र तुफानडाँडादेखि जिल्ला प्रहरी कार्यालय हँुदै गैरीबजार गौडा डिलसम्म सडक निर्माण गर्नका लागि घर–जग्गाधनीले टहरा हटाउन आग्रह गरेको नगरप्रमुख पदम बडुवालले बताउनुभयो ।

उहाँले बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धीको आधारभूत मापदण्ड २०७२ अनुसार सडक विस्तार गर्ने भएकाले सरकारी तथा ऐलानी जग्गा अतिक्रमण हटाउनुपर्ने बताउँदै ३० दिनभित्र नहटाइए नगरपालिकाले आफैं नियमानुसार हटाइने प्रक्रिया अगाडी बढाउने विचार व्यक्त गर्नुभयो ।

सडक विकासका लागि नगरपालिकाले यो वर्ष रु चार करोडभन्दा बढी रकम विनियोजन गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts