Sunday, September 17, 2017

सानोतिनो घटनाले सम्बन्ध नबिग्रने : राजदूत पुरी

नेपालगञ्ज, १ असोज (रासस) ः नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सुमधुर सम्बन्ध सानातिनो घटनाले नबिग्रने बताउनुभएको छ ।

नेपालगञ्ज उद्योग व्यापार सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले नेपाल र भारतको सम्बन्ध धार्मिक, सामाजिक, सांस्कृतिक र राजनीतिक मूल्य, मान्यतासँग गाँसिएकाले छिट्पुट घटनाले दुई देशको सम्बन्ध नबिग्रने बताउनुभयो ।

राजदूत पुरीले नेपालको आर्थिक समृद्धि र विकासमा भारत सधैँ सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी बढाउने वातावरण बनाउन राजनीतिक तहवाट थप प्रयास हुनु आवश्यक छ भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts