Saturday, September 23, 2017

जलेश्वरमा राजपा र बर्दिवासमा माओवादी केन्द्र विजयी

गौशाला, ७ असोज। जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखमा राजपा नेपाल विजयी भएको छ ।

प्रमुखमा रामशङ्कर मिश्रले पाँच हजार १८० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै उपप्रमुखमा राजपाकै मुनचुनदेवी महतोले चार हजार ५६६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसका अनितादेवी शर्माले दुई हजार ७१६ मत प्राप्त गर्नुभएको छ ।

बर्दिवास नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दिवास नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

प्रमुखमा विदुरकुमार कार्कीले नौ हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रल्हाद क्षेत्रीले आठ हजार १७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतमले आठ हजार ८३५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसकै तारादेवी महतोले सात हजार २३ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts