Saturday, September 23, 2017

‘कृति केही समीक्षा : केही विवक्षा’ सार्वजनिक

काठमाडौँ, ७ असोज (रासस) , नेपाली भाषाका प्राध्यापक एवं वरिष्ठ साहित्यकार चूडामणि काफ्लेद्वारा रचित पछिल्लो समालोचना संग्रह ‘कृति केही समीक्षा ः केही विवक्षा’ सार्वजनिक भएको छ ।

कृतिभित्र सूक्ष्म सौन्दर्य तत्वको खोजी, विधागत धर्मअन्तर्गतका विभिन्न अंगको विश्लेषण, स्रष्टाका भावानुभूति, विचार र दृष्टिकोणभित्रका सत्यलाई सो कृतिले उजागर गरेको छ । नेपाली भाषा र साहित्यका अमर एवं कालजयी २० जना स्रष्टाका २० वटा रचनामाथि समालोचक काफ्लेले समालोचना गर्नुभएको छ ।

स्रष्टाका कृतिमाथि खरोरुपमा उत्रिनु अत्यन्त अबजसिलो काम हो । तर समालोचक काफ्लेले स्रष्टाका मर्मलाई अझ बलियो र दरिलोरुपमा उभ्याउन कृतिभित्र होसियारीपूर्वक आफ्नो सटिक टिप्पणी गर्नुभएको छ ।

नेपाली साहित्यमा फ्रायडका मनोविज्ञानवाद अर्थात् यौन विषयलाई भित्र्याएका आख्यानकार बिपी कोइरालाका दुई कथा मधेशतिर र दोषी चस्मा, आधुनिक कथाकार गुरुप्रसाद मैनालीका कर्तव्य र परालको आगो कथालाई समालोचक काफ्लेले आफ्नो विद्वतालाई उजागर गर्नुभएको छ ।

यसैगरी उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई महाकविका रुपमा चिनाउन सफल कविता यात्रीमाथि गर्नुभएको समालोचना पठनीय रहेको छ । १४८ पृष्ठको सो कृतिमाथि आदिकवि भानुभक्त आचार्यका भाषा, भीमनिधि तिवारीका नाट्यकारिता, मोहन कोइरालाका गद्य लेखन, भैरव अर्यालका निबन्ध लेखनमाथि पनि समालोचना गरिएको छ ।

माध्यमिक तहको नेपाली (कक्षा ९ र १०) का सहलेखन, सोही तहको नेपाली व्याकरण तथा अभ्यास पुस्तक लेखन, हिमाली अधिराज्यमा नेपाल निबन्ध संग्रह, विशेष नेपाली निबन्ध संग्रहजस्ता कृति समालोचक काफ्लेको रहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts