Saturday, September 2, 2017

राजनीति फोहरी खेल होइन, खेलाडी फोहरीः सभापति राठौर

काठमाडौँ, १७ भदौ । संसदको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीति फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताउनुभएको छ ।

संवाद डबलीमा रसाइली बन्धु एकता समाजद्वारा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा सभापति राठौरले भन्नुभयो, “राजनीति आफैँमा फोहरी खेल होइन, राजनीतिकर्मी फोहरी छन् । राजनीतिबिना राज्य र नागरिकको कल्पना गर्न सकिँदैन, त्यसैले राजनीति अनिवार्य छ तर छलछाम र झुटको राजनीति होइन ।”

संस्थाको नयाँ कार्यसमितिलाई बधाई दिँदै सभापति राठौरले जातीय विभेदविरुद्ध लाग्न समाजलाई आग्रह गनुृभयो ।

कार्यक्रममा सांसद् जगदिश्वर नरसिंह केसीले देशमा गणतन्त्र आईसकेका कारण जातकै कारण कसैले हिनताबोध गर्नु नपर्ने बताउनुभयो । सबैले पार्टीमा आस्था राखेपनि सामाजिक कार्यमा एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हालै गठन भएको समाजको कार्यसमितिका सहअध्यक्षमा चित्रबहादुर रसाईली, उपाध्यक्ष मनिषा सुनार रसाइली, महासचिव मेखबहादुर रसाइली, कोषाध्यक्ष शेरबहादुृर सुनार र सचिव भीमबहादुर विक हुनुहुन्छ ।

त्यसैगरी, सदस्यहरूमा अमृत सुनार, जीतमाया विश्वकर्मा, ताराकुमारी विश्वकर्मा, भीमबहादुर रसाइली, महेशकुमार रसाइली, कमलबहादुर विश्वकर्मा र सुरेश विक हुनुहुन्छ । रासस
––––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts