बागलुङ, १७ भदौ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङमा स्थापित ‘सिर्जनशील पत्रकारिता पुरस्कार–२०७४’ म्याग्दीमा कार्यरत राससकर्मी सन्तोष गौतमलाई प्रदान गरिएको छ ।
पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानबापत सहकारीको ११ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार गौतमलाई पुरस्कृत गरिएको हो ।
पूर्व गभर्नर युवराज खतिवडाले नगद रु पाँच हजार राशिको पुरस्कार र प्रमाणपत्र गौतमलाई हस्तान्तरण गर्नुभयो ।
सहकारीका पूर्व सञ्चालक सन्तोष क्षेत्री र सिर्जना पन्तले विवाहमा हुने खर्च कटाएर उक्त पुरस्कार स्थापना गर्नुभएको हो । २०७० सालमा स्थापना भएको पुरस्कारबाट गौतमसहित हालसम्म चारजना पत्रकार पुरस्कृत भइसक्नुभएको छ ।
कोषबाट वर्षेनि धवलागिरि अन्चलका एक पत्रकारलाई पुरस्कृत गर्दै जाने सहकारीले जनाएको छ ।
No comments:
Post a Comment