Tuesday, September 5, 2017

जिप दुर्घटनामा एकजनाको मृत्यु

मनाङ, २० भदौ । जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा नेस्याङ गाउँपालिका– ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो ।

नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग१ज ६३१५ नं को जीप भ्राताङ खोला नजिकै दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । जिप सडकबाट करिब ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो । अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts