Sunday, September 24, 2017

एकसय नौ स्थानीय तहको मतपरिणाम सार्वजनिक

असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १०९ वटा स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपराह्न ४ बजे प्राप्त विवरण अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २०, नेकपा (माओवादी केन्द्र) १९, राष्ट्रिय जनता पार्टी नेपाल १८, नेकपा (एमाले) १३, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका एक उम्मेदवार विजयी हुनुभएको छ ।

यसैगरी, अहिलेसम्म एक हजार १०५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अब २५ स्थानीय तह र १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो । (रासस)

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts