गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान उपाध्यक्ष भवन भट्टले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भट्टले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय भट्ट यस अघि आईसिसीको कोषाध्यक्ष एवं एनसिसी जापानको अध्यक्ष पदमा समेत रहेर काम गरिसकेका छन् ।
उम्मेदवारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भट्टले वर्तमान आइसिसीले अगाडि बढाईरहेको लाप्राक नमूना बस्ती निर्माण कार्यलाई समयमा नै सक्ने प्रतिवद्धता मात्र व्यक्त गरेनन् बरु दोलखामा अर्को बस्ती निर्माण गर्ने योजना पनि अगाडि सारे ।
त्यसैगरी उनले हालको नेतृत्वले अगाडि ल्याएको भिजन ट्वान्टी ट्वान्टी एण्ड वियोण्ड तथा सामूहिक लगानीका परियोजनाहरुलाई समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै एनआरएनएको भवन निर्माणलाई समेत प्राथमिकतामा राख्ने जनाए ।
त्यसैगरी उनले गैर आवासीय नेपाली संघमा आवद्ध कुनै पनि देशमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बिमा गराउने, स्मार्ट एनआरएन बनाउने तथा स्टार्टअप फण्डको व्यवस्था गर्ने जस्ता नयाँ योजनाहरु समेत आफूले अगाडि सार्ने बताए ।
Saturday, September 16, 2017
भवन भट्टद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment