Tuesday, September 19, 2017

एनआरएनएका वर्तमान सचिव अर्जुन कुमार श्रेष्ठद्वारा महासचिव पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका वर्तमान सचिव अर्जुन कुमार श्रेष्ठले आगामी कार्यकालका लागि महासविच पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि गैर आवासीय नेपाली संघको अभियानमा निरन्तर लागिरहेका श्रेष्ठ सन् २००९ देखि संस्थागत रुपमा सक्रिय रहँदै एनआरएनएको बेल्जियबाट आइसिसी सदस्य, यूरोप संयोजक हुँदै हाल आईसिसीको सचिव पदमा रहेका श्रेष्ठ यूरोपको राजधानी बेल्जियमलाई आधार बनाएर व्यवसाय गर्दै आएका एक सफल एवं लोकपृय व्यवसायी हुन् । उनले आफ्नो व्यवसायिक जीवनबाट सिकेका सीप, अनुभव र दक्षतालाई गैर आवासीय नेपाली अभियानमा उपयोग गर्दै संस्थागत चुस्तता र स्वच्छता अनि सांगठिनक सुधारलाई आफूले प्रमुख रुपमा लिएको बताउँछन् ।
संसारभर छरिएर रहेका गैर आवासीय नेपालीहरु मात्र होइन स्वदेशमा रहेका नेपालीहरुले पनि ठूलो आशा र भरोसाको केन्द्रको रुपमा हेरिरहेका एनआरएनएलाई साँच्चिकै सबैको अपनत्व र भरोसाको केन्द्र बनाउँदै अझ बढी उचाईमा लैजाने आफ्नो एजेण्डा रहेको श्रेष्ठले बताएका छन् ।
आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुन गईरहेको गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनले सन् २०१७ ( २०१९ का लागि नयाँ कार्य समिति समेत चयन गर्ने भएकाले आफूले उक्त सम्मेलनमा महासविच पदमा उम्मेदवारी दिएको बताए । आफ्नो उम्मेदवारीको औचित्य पुष्टी गर्दै उनले भने कुनै पनि संगठनका लागि महासचिव पद भनेको अत्यन्तै जिम्मेवार र महत्वपूर्ण पद हो । महासचिवको भूमिका र कार्य क्षमतामा नै कुनै पनि संघ संस्थाको सिंगो भूमिका आँकलन हुने गर्दछ । तथर्स पनि संसारभरका ७७ वटा देशमा आफ्नो राष्ट्रिय समन्वय परिषद मार्फत सांगठनिक उपस्थिति देखाईसकेको यति ठूलो संस्थालाई गहन जिम्मेवारीका साथ अगाडि बढाउँदै सारा नेपालीहरुको आफ्नो संगठन बनाउने योजनामा आफू लागेको उनी बताउँछन् ।
नेपालको पश्चिमी जिल्ला पर्वतको फलेबासबाट आफ्नो जीवनको आरोह अवरोहलाई अगाडि बढाउँदै यूरोपको राजधानी रहेको बेल्जियममा पुगेर बिगत लामो समयदेखि व्यावसायिक यात्रालाई सफलतापूर्वक अगाडि बढाईरहेका श्रेष्ठले नेपालमा समेत विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । यूरोप जस्तो ठाउँमा विभिन्न रेष्टूराँदेखि तीन तारे होटल सम्म सफलतापूर्वक सञ्चालन गरिरहेका श्रेष्ठको सफल कार्यकुशलता र क्षमता उनको उम्मेदवारीसँगै एनआरएनएको संस्थागत विकासमा समेत उपयोगी हुने विश्लेषकहरुले विश्लेषण गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts