Tuesday, September 19, 2017

भक्तपुर २ बाट प्रदेश उम्मेदवारमा नेपाली काँग्रेसका बस्नेतको चर्चा

आगामी मंशिरमा तय भएको प्रदेश सभाको निर्वाचन अन्तर्गत भक्तपुर २ मा नेपाली काँग्रेसका तर्फबाट सुशिल बस्नेतले आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।
स्थानीय निर्वाचन सकिएसँग प्रदेश तथा केन्द्रको चुनावी चर्चाले एकाएक माहोल तताएको देखिन्छ ।
सोही क्रममा बिभिन्न राजनीतिक दल तथा तिनका नेताहरु आफ्नो उम्मेदवारीका लागि लविड. गर्नुका साथै उम्मेदवारी घोषणा समेत गर्न थालेका हुन् । सोही क्रममा भक्तपुर २ बाट नेपाली काँग्रेसका सुशील बस्नेतले पनि आफ्नो उम्मेदवारी दाबी गरेका हुन् ।
भक्तपुरका जनतामाझ लोकप्रीय देखिएका बस्नेतको उम्मेदवारीलाई त्यहाँका काँग्रेसका नेता तथा कार्यकर्ताले पनि स्वभाविक मानेको देखिन्छ । अहिलेसम्मको राजनीतिक उपस्थितिका आधारमा काँग्रेसको कमजोर उपस्थिति रहेको उक्त २ न. क्षेत्रमा बस्नेतले टिकट पाएमा सो पार्टीको पुरानो ईतिहास कायम गर्न सफल हुने त्यहाँका काँग्रेस समर्थकहरुमा विश्वास देखिन्छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts