Saturday, September 23, 2017

पोखरिया नपाको प्रमुखमा जनता दल र उपप्रमुखमा फोरम नेपाल विजयी

पर्सा, ७ असोज (रासस)  ।पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दल र उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

जनता दलका दीपनारायण रौनियार (मन्टु)ले तीन हजार २६ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका प्रद्युन चौहानले दुई हजार ७६७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा फोरम नेपालका सलमा खातुनले दुई हजार ७०४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनता दलकी बिनादेवी बैठाले दुई हजार ४९५ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts