Saturday, September 23, 2017

स्पष्ट औद्योगिक नीतिको अभावमा सरकारी उद्योग रुग्णः मन्त्री थापा

धनकुटा, ७ असोज । उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा राष्ट्रिय औद्योगिक नीति स्पष्ट नभएका कारण सरकारी उद्योग रुग्ण बन्दै गएको बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो –“ सरकारले स्पष्ट औद्योगिक नीति ल्याएर रुग्ण उद्योग सञ्चालन गर्ने गृहकार्यमा जुटेको छ ।”

मन्त्री थापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने औद्योगिक नीति सरकारले ल्याउँछ भन्दै स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग स्थापना र त्यसबाट उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्ने नीति सरकारले ल्याइने बताउनुभयो ।

सरकारले मात्र सञ्चालन गर्न नसकेका उद्योगमा लगानीकर्ता नागरिकको ५० प्रतिशत लगानीमा सहभागिता गराएर पनि उद्योग सञ्चालनमा ल्याइने बताउँदै उहाँले अनुमति लिन आएका ४७ उद्योगलाई सरकारले अनुमति दिने तयारी गरेको पनि जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्रीसमेत रहनुभएका उद्योग मन्त्री थापाले पार्टी अध्यक्ष कमल थापाको एकलौटी पार्टी सञ्चालन गर्ने तरिका, पार्टी एकीकरणमा भएका भद्र सहमतिको कार्यान्वयनसमेतको बेवास्ता गरेका कारण आफूहरुले राप्रपा प्रजातान्त्रिक पार्टी खोल्नुपरेको स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts