Saturday, September 16, 2017

लागु औषधसहित युवक पक्राउ

काठमाडौँ, ३१ भदौ । प्रहरीले लागु औषधसहित आज नागढुङ्गा चेकपोस्टबाट एक युवकलाई पक्राउ गरेको छ ।

राजविराजबाट काठमाडौँ आएको ना ५ ख ५३१४ नम्बरको बसमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का २४ वर्षीय सरोजकुमार यादवलाई नागढुंगामा जाँच गर्दा उनको साथबाट फेनागरन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल, लुपिजेसिक १ सय ५० एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts