Monday, September 11, 2017

गुरुङद्वारा कोषमा रु ५० हजार सहयोग

पोखरा, २६ भदौ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तुलबहादुर गुरुङले नेपाल पत्रकार महासंघ, कास्की शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा व्यक्तिगत रुपमा रु ५० हजार सहयोग गर्नुभएको छ ।

सांसद गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

महासंघमा आवद्ध पत्रकार बिरामी परेमा कल्याण कोषवाट आउने ब्याजले उपचारमा सहयोग गरिँदै आएको छ । कल्याण कोषमा हालसम्म योसमेत रु १० लाख ५० हजार पुगेको महासंघ सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts