Sunday, September 17, 2017

आवासीय विद्यालय बनाउन रु ६५ लाख दिइने

काठमाडौँ, १ असोेज, (रासस) । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अपांगता भएका केही विद्यार्थीलाई छात्रवृत्ति तथा केही अपांगमैत्री आवासीय विद्यालय निर्माणका लागि सरकारले तत्काल रु ६५ लाख छुट्ट्याएको बताउनुभएको छ ।

नेत्रहीन युवा संघ नेपालको पाँचाँै साधारणसभाको उद्घाटन गर्दै उहाँले दृष्टिविहीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषयमा अध्ययन गर्न कठिनाइ रहेकाले पाठ्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले दृष्टिविहीनलाई लक्ष्य विद्यालय तथा कलेजमा पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले अपांगता भएकाहरुलाई शिक्षासम्बन्धी नेपालले गरेको प्रतिबद्धतानुसारको व्यवस्थाको माग गर्नुभयो ।

संघका अध्यक्ष कलाधर भण्डारी, महासचिव रामचन्द्र गैरे, अपांग महिला संघका अध्यक्ष निर्मला धिताल, नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेललगायतले दृष्टिविहीन तथा न्यून दृष्टिविहीन अपांगता भएकाहरुका लागि शिक्षामा पहँुच बढाउनुपर्नेमा सहभागीले सुझाव दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts