Tuesday, September 19, 2017

देवताल गापा–१ मा माओवादी र पचरौता नपा–१ मा एमाले विजयी

कलैया, ३ असोज ९रासस० ः बाराको देवताल गाउँपालिका–१ मा माओवादी ९केन्द्र० विजयी भएको छ ।

भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार वडाध्यक्षमा पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी हनुभएको छ ।

उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का लालबाबु मियाँले १८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत यमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

त्यसैगरी पचरौता नगरपालिका–१ मा नेकपा ९एमाले०को प्यानल विजयी भएको छ ।

नेकपा ९एमाले०का उम्मेदवार जगतनारायणप्रसाद यादवले ८१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी राजपाका विनय सिंहले ६४० मत प्राप्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts