Friday, September 8, 2017

एनआरएनए स्वीट्जरल्याण्डको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा भूमिराज गुरुंग विजयी (भिडियो सहित)

भूमिराज गुरुंगको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गर्दै गैर आवासीय नेपाली संघ, स्वीट्जरल्याण्डको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

गत ३ सेप्टेम्बर आइतबारका दिन स्वीट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न उक्त पाँचौं अधिवेशन एवं नवौं साधारण सभाले गुरुंगलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघका निवर्तमान महासचिव गुरुंगले १५६ मत प्राप्त गरी विजयी भएका हुन भने अध्यक्षका अर्का प्रत्यासी सीमा गौतम अर्यालले ६२ मत प्राप्त गरिन् ।
त्यसैगरी सोही अधिवेशनबाट आईसिसी सदस्यमा रामकुमार महतो ११६ मत ल्याई विजयी भए भने सोही पदका अर्का प्रत्यासी धर्म गुरुंगले १०२ मत प्राप्त गरे । महासचिवमा शुक्र श्रेष्ठ १३२ मतका साथ विजयी भ ए भने महासचिवका अर्का प्रत्यासी फणिन्द्र पन्तले ८० मत प्राप्त गरे ।


अध्यक्ष, महासचिव र आईसिसी सदस्य बाहेक अन्य पदहरुमा भने निर्विरोध भएको थियो । निर्विरोध निर्वाचित भएका अन्य पदहरुमा उपाध्यक्षमा शिव सुब्बा र विजयबाबु आचार्य, कोषाध्यक्षमा प्रमोद भट्ट, सचिवमा दिपेन्द्र रावत, यूवा संयोजकमा राजेन्द्र भण्डारी र सदस्यमा गोपाल तामाड. रहेका छन् ।
उक्त अधिवेशनमा कार्य समितिका सबै पदहरुमा निर्विरोध निर्वाचित गर्ने पहल भए पनि सहमतिको पहल असफल भएपछि अध्यक्ष, महासचिव र आईसिसी सदस्यका लागि निर्वाचन प्रक्रिया मार्फत नयाँ पदाधिकारीहरुको चयन भएको हो । संघमा पञ्जिकृत कूल ३०० सदस्य संख्या मध्ये निर्वाचनमा कूल २३४ मत मात्र खसेको थियो । खसेको मत मध्ये ३० मत बदर भएको निर्वाचन संयोजक बिष्णु थापाले जानकारी दिएका थिए ।


जेनेभास्थित नेपाली दूतावासका सल्लाहकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा एनआरएनए इटलीका आईसिसी सदस्य सञ्जय श्रेष्ठ केन्द्रीय पर्यवेक्षकका रुपमा उपस्थित थिए । प्रमुख अतिथि, केन्द्रीय पर्यवेक्षक एवं स्वीट्जरल्याण्डका आइसिसी सदस्य डा. विनय श्रेष्ठ, अध्यक्ष हिराबल गुरुंग तथा प्रमुख सल्लाहकार पीतम गुरुंगले संयुक्त रुपमा अधिवेशनको उद्घाटन गरेका थिए ।
अधिवेशनमा गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको २०१५-२०१७ को प्रगति विवरण सहितको सांगठनिक प्रतिवेदन अध्यक्ष हिराबल गुरुंगले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष शुक्र श्रेष्ठले प्रस्तुत गरेका थिए ।
अत्यन्तै सौहार्द एवं भव्य रुपमा सम्पन्न संघको उक्त अधिवेशनद्वारा सन् २०१७-२०१९ का लागि निर्वाचित नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अधिवेशनका केन्द्रीय पर्यवेक्षक सञ्जय श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
अधिवेशनको भिडियो :

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts