Friday, September 8, 2017

स्थानीय तह निर्वाचनका लागि नेविसंघका प्रतिनिधि

काठमाडौँ, २३ भदौ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि प्रतिनिधि खटाएको छ ।

नेविसंघका कोषाध्यक्ष शिव रिमालले प्रदेश नं २ अन्तर्गतका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा काँग्रेसलाई विजय गराउन प्रतिनिधि खटाइएको जानकारी दिनुभयो ।

नेविसंघले काँग्रेसको सरकारको पालामा बनेको संविधान काँग्रेसको नेतृत्वले कार्यान्वयन गर्ने नाराका साथ चुनावी प्रचारप्रसारसमेत गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघले स्थानीय तहमा हुने विभिन्न समस्याको पहिचान गरी समाधान खोज्न पार्टीलाई जानकारी गराउने स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts