Monday, September 4, 2017

घरबाट खसेर मजदुरको मृत्यु

दमक, १९ भदौ । घर बनाउने क्रममा लडेर झापाको दमकमा आज बिहान एक मजदुरको मृत्यु भएको छ ।

दमक–५ का हस्तबहादुर लिम्बूको घर बनाउने क्रममा झापा, कन्काई नगरपालिकास्थित सुरुङ्गा घर भएका गोपाल विश्वकर्माको लडेर मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

आज बिहान १०ः४५ बजे घर निर्माणका क्रममा तेस्रो तल्लाबाट भुइँमा लडेर विश्वकर्मा गम्भीर घाइते हुनुभएपछि उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिनुभयो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिरहेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts