Monday, September 4, 2017

शोक प्रस्ताव पारित

काठमाडौँ, १९ भदौ । व्यवस्थापिका–संसद्को बैठकले तत्कालीन राष्ट्रियसभाका सदस्य वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख ओनसरी घर्तीले आजको बैठकमा सो शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँको यही भदौ ११ गते आइतबार ७७ वर्षको उमेरमा काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो ।

नेकपा (एमाले)का तर्फबाट मध्य पश्चिमाञ्चल विकास क्षेत्रबाट विसं २०५६ मा राष्ट्रियसभामा उहाँले प्रतिनिधित्व गर्नुभएको थियो । बाम प्रजातान्त्रिक आन्दोलनमा उहाँको अथक योगदान रहेको थियो ।

बैठकले स्व सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक आज १ बजे बस्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts