काठमाडौँ, २४ भदौ । बेरोजगार युवालाई स्वदेशमा नै रोगजारीको माग गर्दै राष्ट्रवादी केन्द्र नेपालले आज यहाँ प्रदर्शन गरेको छ ।
दैनिक एकहजार ५०० भन्दा बढी युवा विदेशमा रोजगारीका लागि बाहिरिँदा मुलुकमा जाँगरिलो जनशक्ति अभाव हुँदै गएको भन्दै केन्द्रले स्वदेशमा नै रोजगारीको प्रबन्ध गर्नुपर्ने माग गरेको हो ।
सस्तो श्रममा युवा विदेश जाने परिपाटीको अन्त्य नहुँदासम्म मुलुक आर्थिकरुपमा समेत सबल हुन नसक्ने उनीहरुको धारणा थियो ।
भृकुटीमण्डपबाट सुरु भएको ¥याली शदिहगेट, सुन्धारा, वायुसेवा निगम, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पूर्वसांसद चन्द्रबहादुर थापाले सरकारले स्वदेशमै काम गरेर खान पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले दैनिक सयौँ युवा विदेशिने प्रवृत्ति नघटे एकाध वर्षभित्रै मुलुकमा बूढाबूढी र केटाकेटी मात्रै बाँकी रहने भन्दै चिन्ता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment