Saturday, September 9, 2017

मादी नदीले बगाएर बालक बेपत्ता

दमौली, २४ भदौ । व्यास नगरपालिका–१० कुमालटारीस्थित शिशौघारी नजिक पौडी खेल्ने क्रममा आज मादी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा व्यास नगरपालिका–१ गल्बुबेँसी बस्ने १३ वर्षीय रवी रुचाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथीसँग पौडी खेल्न गएका रुचाललाई नदीले बगाएको हो । बेपत्ता बालकको प्रहरी र स्थानीयबासिन्दाले खोजी गरिरहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts