Monday, September 11, 2017

मजदुरी गरेर भारतबाट फर्किंदै गरेका तीनजना लुटिए

भीमदत्तनगर, २६ भदौ । दशैँका लागि भारतबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्मा–५ का तीनजना आज बिहान कञ्चनपुरको ब्रह्मदेव बजारमा लुटिएका छन् ।

भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुर गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मादक पदार्थमा बेहोस हुने औषधि मिसाएर उनीहरुलाई लुटपाट गरिएको हो । उनीहरुको साथबाट रु ८५ हजारभन्दा बढी रकमसमेत लुटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटपाटमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । “हामी राति भारतको टनकपुर बजार पुगेर त्यही बास बस्यौँ ।” लुटिएकाहरुसँगै भारतबाट फर्किंदै गरेका सल्यानकै गंगाराम रानाले भन्नुभयो, “नौजनाको समूह बनाएर फर्किंदै गर्दा बाटोमा साथीहरुलाई रक्सी खुवाएर लुटियो ।”

नेपाल–भारत सिमानानजिकै रहेको ब्रह्मदेव बजार हुँदै भीमदत्तनगरतर्फ आइरहेका बेला आफूहरु लुटिएको उहाँले बताउनुभयो । औषधिबाट बेहोस रहेका तीनैजनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिप्रका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts