Friday, September 15, 2017

हराएका १६ मोटरसाइकल सम्बन्धित धनीलाई

काठमाडौँ, ३० भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा विभिन्न व्यक्तिका हराएका १६ थान मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई बुझाएको छ ।

मोटरसाइकल हराएका सम्बन्धित धनीलाई महाशाखामा बोलाएर मोटरसाइकल बुझाइएको हो । महाशाखाले सुरेन्द्रबहादुर कार्की, कान्छा डंगोल, अर्जुन बस्नेत, दास्टेम्वा शेर्पा, प्रवीण थापा, विष्णुबहादुर लामा, बीमा भुक्तान, रञ्जितनारायण श्रेष्ठ, राजेश गुरुङ, शेखरप्रसाद प्रधान, जनक खड्का, अविश लामिछाने, सुजन नेपाल, कृष्णबहादुर लामा, विकास जोधानी र भीमबहादुर तामाङको मोटरसाइकल बुझाएको हो ।

मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउँदै महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले अस्पताल, विमानस्थल, बसपार्कलगायत क्षेत्रबाट बढी मोटरसाइकल हराउने गरेको बताउनुभयो ।
“सवारी पार्किङ गर्दा विचार पु¥याएर गर्नुहोस्, जथाभावी पार्किङ गर्दा धेरै मोटरसाइकल हराएको महाशाखाले पाएको छ,”, प्रमुख खनालले भन्नुभयो । महाशाखाले पाँच वर्ष पहिलेदेखि हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts