Sunday, September 10, 2017

यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

दार्चुला, २५ भदौ । एक सय ग्राम अवैध यार्सागुम्बासहित दुईजना भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट यार्सागुम्बासहित नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक १९ वर्षीय अनुप नगन्याल र १७ वर्षीय मन्नु राठौरलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैजनालाई सदरमुकाम खलंगास्थित नेपाल भारत सीमामा रहेको झोलुङ्गे पुलमा जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कारबाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्रको कार्यालयलाई बुझाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts