Saturday, September 16, 2017

बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

दाङ, १ असोज (रासस) ः यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

आँखा जाँच गरिदा १५ जनाको आँखामा मोतियाबिन्दु देखिएको नेत्र सहायक रोहित कडायतले जानकारी दिनुभयो । उनीहरूको निःशुल्क आँखाको शल्यक्रिया गरिने नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवी रिजालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts