Tuesday, September 12, 2017

चट्याङबाट ३६ चौपाया मरे

रसुवा, २७ भदौ । चट्याङका कारण एकै किसानका ३६ चौपाया मरेका छन् ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार सोमबार साँझको चट्याङले नौकुण्ड गाउँपालिका वडा नं २ कलाखर्क, यार्साका किसानले पालेका चौंरीगाई आठ, बाख्रा नौ, गाई १७ र कुकुर दुई वटा मरेका हुन् ।

पारच्याङ प्रहरीचौकीबाट सात घण्टाको दूरी पर रहेको घटनास्थलमा केहीबेर अगाडि प्रहरी पुगी क्षतिको थप विवरण लिने काम भइरहेको छ । घटनाबाट गोठमा रहेकी ६४ वर्षीया कान्छीमाया तामाङ सामान्य घाइते भएकी र उनको उपचार स्थानीयस्तरमै भएको प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts