Friday, September 22, 2017

भालेहात्ती मृत फेला

गाईघाट (उदयपुर), ६ असोज ।  जिल्लाको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा आज एक भाले हात्ती मृत फेला परेको छ ।

स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी र जिल्ला वन कार्यालयको टोली आजै जंगलमा पुगेको छ ।

जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णु भण्डारीले दुई दिनअघि नै हात्ती मरेको हुन सक्ने बताउनुभयो ।

अहिले प्रहरी र वनका कर्मचारीले अध्ययन थालेको र अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउने वन कार्यालयले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts