Monday, September 11, 2017

सात वटै प्रदेशमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान खोलिने

काठमाडौँ, २६ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सात वटै प्रदेशमा आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले सो प्रतिष्ठान चाँडो स्थापना गर्न र कुनै राजनीतिक व्यक्तिको नाम जोडेर विवादित नबनाउन आग्रह गर्दै आज ध्यानाकर्षण पत्र दिएपछि मन्त्री बस्नेतले सन्तनेता कृष्णप्रसाद भट्टराईका नाममा प्रतिष्ठान स्थापना गर्न लागिएको जनाउँदै पत्रकारितामा योगदान भएका अन्य नेताका नाममा अन्य प्रदेशमा पनि प्रतिष्ठान खोल्न सकिने स्पष्ट पार्नुभयो ।

चौतारीले भने नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ वा भट्टराई भन्ने विवाद देखिएका समयमा व्यक्तिको नाम नजोडी प्रतिष्ठान खोल्न माग गरेको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतले सम्मानित राजनीतिज्ञलाई विवादमा ल्याउने गरी प्रतिष्ठानको नामकरण नगर्न आग्रह गर्नुभयो ।

चौतारीका महसचिव राजेश राईले इतिहासलाई अपव्याख्या गर्ने काम भएमा आन्दोलन गरिने चेतावनी दिनुभयो । चौतारीले विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक विज्ञापन लागू गर्न, क्लिन फिड(विज्ञापनरहित समाचार) नीति रोक्ने निर्णय फिर्ता, अनलाइन सञ्चारमाध्यम निर्देशिका खारेजी, बैंकमार्फत श्रमजीवी पत्रकारको पारिश्रमिक भुक्तानी जस्ता विषय समेटिएको १४ बुँदे ज्ञापनपत्र बुझाएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts