नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिश्रेष्ठले राज्यले चिकित्सकको सुरक्षाको प्रत्याभुति र ऐन संशोधन नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष डा. श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘हामीले धेरै ठूलो माँग रोखकै छैनौं, दुई वटा कुराहरुमा सरकारको प्रतिबद्धता आए हामी आन्दोलन एक सेकेण्ड मै स्थगित् गर्छौं।’
क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले आफूहरुको आन्दोलनप्रति कुनै गम्भिरता नदेखाएको गुनासो पोखे । उनले थपे,‘यो देशमा सरकार छ कि छैन, हामीलाई त आश्चर्य लागेको छ, एउटा सानो निर्णय गर्नकोलागि पनि प्रधानमन्त्री कुनु पर्ने अरे ? यो लज्जास्पद कुरा भयो नि।’
उनले सरकार स्वास्थ्य क्षेत्रप्रति गम्भिर नबनेको समेत आरोप लगाए । उनले भने,‘०४८ सालदेखि अहिलेसम्म त्यही जनशक्ति छ, यतातिर ध्यान दिनु पर्दैन, त्यही जनशक्तिले उपचार भैरहेको छ।’ उनले सरकारले ल्याउन लागेको विद्येयक तत्काल संशोधन गर्ने प्रतिबद्धता आए आफूहरु एक सेकेण्ड पनि आन्दोलनमा नबस्ने स्पष्ट पारे ।
श्रेष्ठले सरकारको तर्फबाट स्वास्थ्य सचिवले लिखित प्रतिबद्धता वा सार्वजनिक रुपमा (मिडियासामू)प्रतिबद्धता जनाए पनि आफूहरु आन्दोलन स्थगन गर्न तयार रहेको विश्वास दिलाए । उनले भने,‘प्रधानमन्त्री नभएको बेला मिनिस्टरको नाताले स्वास्थ्यमन्त्रीले यो काम गर्नुपर्ने हो नि, तर उहाँले केहीगर्नुभएन्, गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने काम गर्नु भएको छ।’
त्यस्तै उनले अनशनरत डाक्टर गोविन्द केसीको माँगबारे आफूहरुलाई कुनै जानकारी नभएको र आफूहरुसँग सम्बन्धित नभएकोले यसमा कुनै समर्थन नरहेको स्पष्ट पारे । उनले भने,‘साँच्चिकै भन्नुहुन्छ भने उहाँको माँगबारे हामीलाई केही थाहा छैन, हाम्रो सेक्टर भन्दा फरक छ।’उनले केसीको अनशनसँग आफूहरुको कुनै समर्थन नरहेको स्पष्ट पारे ।
कार्यक्रममा क्लबका सभापति ऋषिधमलाले आन्दोलनरत चिकित्सक र सरकारवीचअविलम्ब वार्ता भएर एउटा निश्कर्षमा पुग्न जरुरी रहेको भन्दै दुवै पक्षलाई संयमता अपनाएर सहमतिका साथ अघि बढ्न अपिल गरे । उनले भने,‘हामीअहिले चाडपर्वको मुखमा छौं, यस्तो बेलामा चिकित्सकहरुले पनि जनतालाई सेवा प्रवाह गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ, सरकारले पनि चिकित्सकहरुको माँगका बारेमा सम्बोधन गर्नु पर्छ।’
Friday, September 29, 2017
ऐन संशोधन र चिकित्सकको सुरक्षाको प्रत्याभुति नगरेसम्म आन्दोलन रोकिँदैन: अध्यक्ष डा. श्रेष्ठ
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment