Sunday, September 24, 2017

सदावहार नायक खनाल चलचित्र ‘रेनी’को शुटिंगमा व्यस्त (भिडियो सहित)

चर्चित सदावहार नायक सरोज खनाल पछिल्लो समय चलचित्रमा क्रियाशील छन । भर्खरै मात्र पत्थरीको अपरेसन गरेका नायक यतिबेला चलचित्र रेनीको शुटिंगमा व्यस्त छन । लामो समयको अमेरिका बसाइ पश्चात नेपाल फर्किएर उनले चलचित्र ‘नाई नभन्नु ल २’मा अभिनय गरेका थिए । दर्शकहरुको साथ र अथाह माया पाएका खनाल व्यापारिक क्षेत्रमा समेत क्रियाशील छन । उनको आफ्नै अर्गानिक मलको व्यवसाय समेत छ ।

नायक खनालले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पत्रकार सम्मेलनमा समेत बडीगार्ड राख्ने थिति अनावश्यक रहेको बताए। साथै देशको राजनीतिमा विकृति आएको भन्दै नेपालमा राम्रो काम गर्नेहरुले सधै आलोचना खेप्नुपर्ने बताउदै यस्तो खुट्टा तान्ने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालले कुनै क्षेत्रमा पनि विकासको गति लिन नसक्ने उनले बताए ।

भिडियो

 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts