Friday, September 22, 2017

सुखीपुरमा एमाले विजयी

लहान, ६ असोज (रासस) , नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी हुनुभएको हो । यादवले छ हजार १११ र उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार हजार १८६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा एमालेकै साहले छ हजार ८६ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीपनारायण यादवले तीन हजार ३५४ मत ल्याउनुभएको छ । यससँगै एमालेले सिरहाको तीन स्थानीय तहमा विजयी हासिल गरेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts