Friday, September 22, 2017

मटिहानीमा राजपाको जित

गौशाला, ६ असोज (रासस) , महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ ।

निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी हुनुभएको छ । प्रमुखमा हरिप्रसाद मण्डलले तीन हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले तीन हजार १७० मत ल्याउनुभएको छ ।
उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा (एमाले)का मोजिम राइनले एक हजार ५९७ र नेपाली काँग्रेसकी जुमेदा खातुनले एक हजार ६४८ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts