Friday, September 8, 2017

गोदाम घर हस्तान्तरण

रसुवा, २३ भदौ । खोज उद्धार तथा राहत सामग्री भण्डारण गर्ने नवनिर्मित गोदाम घर आज जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको छ ।

जर्मन आर्थिक सहयोग नियोग जिआइजेड संस्थाद्वारा रु २१ लाख ४० हजार लागतमा धुञ्चेमा निर्मित जिल्ला विपद् व्यवस्थापक गोदाम घर जर्मन दूतावासका वित्तीय सचिव एवं जर्मन विकास नियोगका उपप्रमुख प्लोरेन्स बेनेडिक्ट भोगले जिल्ला दैवीप्रकोप उद्धार समितिका प्रमुख एवं रसुवाका प्रजिअ हीरादेवी पौडेललाई हस्तान्तरण गर्नुभयो ।

पन्ध्र–सोह्र ट्रक सामग्री अट्ने ठूला–ठूला दुई कोठा भएको उक्त गोदाम घरमा एकातर्फ खाद्यान्न र अर्कातर्फ आपत्कालीन समयमा प्रयोग हुने सामग्री राखिने व्यवस्था मिलाइएको सहायक प्रजिअ स्मिता पौडेलले बताउनुभयो । गोदाम घरमा अहिले पाल, त्रिपाललगायत विविध उद्धार तथा राहत सामग्री भण्डारण गरी राखिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts