Monday, September 25, 2017

१३२ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौँ, ९ असोज (रासस) , यही असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज अपराह्न ४ बजेसम्म प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३८, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा (माओवादी केन्द्र) २१, नेकपा (एमाले) १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी हुनुभएको छ ।

यसैगरी जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३८ वडाको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अब चार स्थानीय तह र १९ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । आठ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सप्तरीको राजविराज नगरपालिका, बाराको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts