Thursday, September 14, 2017

विज्ञान दिवस मनाउन समिति गठित

काठमाडौँ, २९ भदौ । विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते ‘पाँचौँ राष्ट्रिय विज्ञान दिवस’ मनाउन मन्त्रालयका सचिव डा सञ्जय शर्माको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सचिव डा शर्माले विभिन्न मन्त्रालय, विभाग, विश्वविद्यालय, विज्ञान तथा प्रविधिसँग सम्बन्धित अनुसन्धान केन्द्रका प्रतिनिधिलाई सदस्यका रुपमा समितिमा समावेश गरिएको जानकारी दिनुभयो ।

ज्ञानमा आधारित आधुनिक अर्थतन्त्रको निर्माणका लागि विज्ञान तथा प्रविधि महत्वपूर्ण क्षेत्र रहेको बताउँदै उहाँले यस क्षेत्रमा अहिलेसम्म भएको प्रगतिको समीक्षा गरी आगामी दिनमा लगानी वृद्धि गर्नका लागि नीति बनाउन दिवस उपयोगी हुने छ भन्नुुभयो ।

‘दिगो विकासका आधारः विज्ञान, प्रविधि र आविष्कार’ भन्ने नाराका साथ मनाइने उक्त दिवसमा विभिन्न सञ्चारमाध्यमबाट विज्ञानसम्बन्धी प्रचारप्रसार, काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, अन्तक्र्रिया, कार्यशालालगायत कार्यक्रम गरिनेछ ।

कार्यक्रममा विज्ञान तथा प्रविधिको विकासमा योगदान पु¥याउने स्रष्टालाई सम्मान गरिने छ । शरदऋतु शुरु हुने असोज १ गते हिन्दूले वास्तुशास्त्रका देवता विश्वकर्मा दिवस मनाउने गर्छन् । अमृत साइन्स कलेज(अमृत क्याम्पस)का संस्थापक अमृतप्रसाद प्रधानको जन्मजयन्ती पनि सोही दिन पर्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts