सुरुङ्गा (झापा) २ असोज (रासस) ः यौनजन्य कार्यमा लगाएर आर्थिक लाभ लिए पनि आफूहरुलाई पैसा नदिएको भन्दै युवतीको उजुरीपछि प्रहरीले होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
बिर्तामोडमा रहेको सिर्जना होटलकी सञ्चालक सुष्मा भनिने सुर्जीकुमारी थारु, सोही होटलका सहयोगी सुजन शङ्कर र होटल मेनेजर सोनु भनिने बाबा लिम्बूलाई पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ ।
त्यस्तै सोल्टी होटलका सञ्चालक राम बोहरा फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मानव बेचबिखन ऐनअन्र्तगत मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।
‘गत भदौ १ गतेदेखि १५ गतेसम्म सिर्जना होटलको भुइँतलामा रहेको स्टाफ कोठामा होटल सञ्चालकले पीडित भनिएका युवतीलाई ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाई आर्थिक लाभ लिएर पैसा नदिएको उजुरी परेपछि बिर्तामोडका विभिन्न होटलमा छापा मारी २२ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । तीमध्ये तीन जनालाई मानव बेचबिखनविरुद्ध मुद्दा नै चलाएको उहाँले बताउनुभयो ।
Monday, September 18, 2017
तीन जनालाई मानव बेचबिखनको मुद्दा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment